आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दिल्ली उडेको विमानका यात्रु बिरामी परेपछि आकस्मिक अवतरण

  • प्रकाशित मिति : बिहिबार, मंसिर २२, २०७९



  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको विमान केहीबेरमै आकस्मिक अवतरण भएको छ। 

    बिहीबार दिउँसो सवा २ बजे उडेको इन्डिगो एयरको विमानका एक जना यात्रु बिरामी परेपछि आकस्मिक अवतरण भएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जिसीले जानकारी दिए। 

    १६१ यात्रु बोकेको विमानमा सल्यान घर भएका रूद्रवीर खत्री पनि सवार थिए। उनमा छारे रोगको समस्या देखिएको एसएसपी जिसीले बताए। 

    उनमा विमान उडेको केहीबेरमै एक्कासि समस्या देखिएपछि अवतरण गरेको हो। जिसीका अनुसार विमान उडेको सात मिनेटपछि नै अवतरण गरिएको थियो। 

    अहिले उनको उपचारको लागि नर्भिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

    उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनका आफन्त पनि सम्पर्कमा आइसकेका छन्।

    यता उक्त विमान भने दिल्ली गइसकेको छ।
     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij