आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राप्तीसोनारीमा कालीमाटी गंगामाला देउती बज्यै मेला सुरु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २३, २०७९



  • राप्तीसोनारी गाउँपालिकामा कालीमाटी गंगामाला देउती बज्यैको मेला सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ ओभरीमा हिजोदेखि ३ दिने कालीमाटी गंगामाला देउती बज्यैको मेला सुरु भएको हो ।

    राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले दिप प्रज्वलन गरी मेलाको उदघाट्न गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले कालीमाटी मेलाको ऐतिहासिक महत्त्व रहेको बताउँदै त्यस क्षेत्रको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । साथै उनले स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्त्व बोकेका संरचनाहरुको संरक्षण र सम्वर्धन गर्न सकेमा मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिने वताएका छन् । 

    उदघाट्न सत्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष शालिकराम डाँगीले कालीमाटी मेलाले सल्यान रुकुम लगायतका जिल्लाहरुबाट बसाइँसराई गरी आएका मानिसहरूलाई धार्मिक आस्थाका रुपले सबैलाई एकसुत्रमा बाँध्ने काम गरेको बताउँदै कालीमाटी मन्दिर, भुवरभवानी, लगायतका धार्मिक स्थलहरु राप्तीसोनारीको पहिचान भएको बताए । मेलाको उदघाट्न सत्रमा बाँके राष्ट्रिय निकुञ्जका हात्ती सहितको र्‍याली, पन्चैबाजा, सोरठी नाच, विद्यार्थीहरुको मार्चपास झाँकी प्रस्तुत गरिएको थियो । 

    हरेक वर्ष मंसिर पुर्णिमामा लाग्दै आएको सो मेला यस वर्ष मंसिर २१ देखि २३ गतेसम्म संचालन हुने भएको छ । मेलाको उदघाटनसत्रमा स्वागत मन्तव्य राख्दै मेला मुल आयोजक समितिका संयोजक हर्क बहादुर विष्टले कालीमाटी मन्दिर धार्मिक आस्थाका रुपमा एक महत्त्वपूर्ण स्थल रहेको बताउँदै यसलाई बाँके राष्ट्रिय निकुञ्जको पर्यटकीय क्षेत्रको रूपमा लैजानुपर्ने बताए । 

    मेलामा लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएम, कृष्ण रेउले लगायतका कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । नाच, प्रदर्शनीदेखि खेलकुद प्रतियोगिता समेत रहनेछ । मेलामा लोक नृत्य र राप्तीसोनारी गाउँपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता, व्याडमिन्टन, कुर्सी दौड, भाले समात्ने लगायतका आधा दर्जन खेलको समेत आयोजना गरिएको छ ।

    खेल संयोजक कृष्ण सुनारले नृत्यको दर्ता शुल्क ५ सय ५, भलिबलको २ हजार ५, ब्याडमिन्टनको १ हजार १ सय ५ रुपैयाँ राखिएको जानकारी दिए । भलिबलमा प्रथम हुनेलाई १५ हजार रकम र प्रमाण-पत्र, द्वितीयको ८ हजार र प्रमाण-पत्र, नृत्यमा प्रथम हुनेलाई ५ हजार र प्रमाण-पत्र, तृतीयलाई ३ हजार र प्रमाण-पत्र, व्याडमिन्टनमा प्रथम हुनेलाई १० हजार र प्रमाण-पत्र, द्वितीय हुनेलाई ५ हजार र प्रमाण-पत्र प्रदान गरिने आयोजकले जनाएको छ । मेलाको उदघाटन सत्रमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij