आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बिरामी छोरी भेट्न जाँदा मणिपाल अस्पतालबाट खसेर आमाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २३, २०७९



  • मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बिरामी छोरी भेट्न गएकी सराङ्कोटकी ६५ वर्षीय धनसरी धर्तीको ज्यान गएको कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले बताए । 
    मुटुसम्बन्धी बिरामी भएर उपचाररत छोरीलाई भेट्न पुगेकी धनसरी अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको खड्काले बताए । 

    स्रोतका अनुसार ६५ वर्षीय धनसरीले छोरी भेट्न सिँढी उक्लने क्रममा लडेर मृत्यु भएको हो । ‘अस्पतालको तेस्रो तलामा रेलिङ नहुँदा उहाँको मृत्यु भयो । उहाँले पनि रेलिङ नभएको मेसो नपाउँदा यस्तो दुर्घटना हुन पुग्यो,’ तेस्रो तलामै विरामी कुरिरहेका एकजनाले भने । 

    घटनापछि आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । ‘परिवार र अस्पताल प्रशासनबीच शुक्रबार बेलुका वार्ता हुँदैछ,’ धनसरीका एक आफन्तले भने ।  धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत रहेकी प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij