आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

महासंघद्वारा पत्रकारमाथि भएका दुर्व्यवहारप्रति विरोध

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २७, २०७९



  • समाचार सङ्कलनका क्रममा बाँके र चितवनका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटनाप्रति नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ । महासङ्घ बाँके शाखाका अनुसार मङ्सिर २४ गते शनिबार नेपालगञ्ज म्याराथनको रिपोर्टिङका लागि पुगेका शाखाका पूर्वाध्यक्ष रुद्र सुवेदीसहित खम्ब पुन, रवीन्द्र घिमिरे जावेद हल्वाई, गौरव गिरी लगायतका पत्रकारमाथि आयोजक क्रियटिभ ह्यान्ड्सका सौगात विक्रम लगायतले दुर्व्यवहार गरेका थिए ।

    त्यस्तैगरी महासङ्घका अनुसार मङ्सिर २५ गते आइतबार महासङ्घ बाँके शाखाका सहसचिव एवं राप्तीसोनारी खबर डटकमका सम्पादक हेमन्त चौधरीलाई राप्तीसोनारी गाउँपालिका–४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा आयोजित साधारणसभामा सिक्टा सब डिभिजन वन कार्यालयका प्रमुख सुनील आचार्यले सार्वजनिक रूपमा दुर्व्यवहार गर्दै ‘ठीक गरिदिने’ धम्की दिएको बाँके शाखाले जनाएको छ । 

    त्यसैगरी महासङ्घ चितवन शाखाका कोषाध्यक्ष राजेन्द्र आचार्यलाई मङ्सिर २५ गते आइतबार नै नारायणगढको क्याम्पाचौरमा भएको साङ्गीतिक कार्यक्रमको समाचार सङ्कलनका क्रममा कार्यक्रमको जिम्मा लिएको गढी सेक्युरिटीका सुरक्षाकर्मीबाट हातपात भएको शाखाले जनाएको छ । नागरिकलाई सुसूचित गराउने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटना प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको महासङ्घको भनाइ छ ।

    “महासङ्घ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ, घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij