प्रकाशित मिति : बुधबार, मंसिर २८, २०७९
घोराहीमा पत्रकारहरुका लागि विज्ञान लेखन तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नाष्ट) को आयोजनामा सोमबारदेखि पत्रकारहरुलाई बिज्ञान सम्बन्धि प्राविधिक ज्ञान दिने उद्देश्यले विज्ञान लेखन तालिम सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्ने बक्ता हरुले सत्यमा आधारित समाचारसंगै समृद्व समाज निर्माणका लागि तालिमले सहयोग पुर्याउनेमा जोड दिएका थिए । उनीहरूले प्रविधिकको बिकाससंगै पत्रकारहरुले पनि आफ्नो क्षमता बिकासमा जोड दिदै विषयगत ज्ञान हासिल गर्नका लागि इच्छुक हुनुपर्ने बताएका थिए ।
तालिमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले तथ्यमा आधारित सत्य कुराको समाचार लेख्नका लागि पत्रकारहरुलाई तालिमले सहयोग पुर्याउने बताए । उनले अपुर्न ज्ञानले भ्रम पूर्ण समाचार आउन सक्ने भन्दै तथ्यमा आधारित समाचारका लागि ज्ञान आवश्यक रहेको बताएका हुन । नेपाल पत्रकार महासघ दाङ शाखाअ अध्यक्ष दुर्गालाल केसीले हरेक दिन हरेक विषयमा ज्ञान राख्नुपर्ने भएकाले पत्रकारहरुले सबै विषयमा ज्ञान राख्नुपर्ने बताए । तथ्यमा आधारित समाचार लेखनसंगै समाजलाई सहि सूचना दिनका लागि हरेक पत्रकारले ज्ञान हासिल गर्नुपर्ने बताए ।
कार्यक्रममा तालिमको उद्वेश्यका बारेमा वरिष्ठ पत्रकार केदार शर्माले जानकारी दिदै तालिमले अबैज्ञानिक लेखनलाई चिर्दै बिज्ञान संम्बत लेखनलाई सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमहरु देशभर गर्दै हिडेको बताएका थिए । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान ९नाष्ट० का उपकुलपति डा सुनिलबाबु श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण नास्टका प्रबर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले गरेकी थिइन् । तालिमको प्रशिक्षकमा केदार शर्मा र छत्र कार्की रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij