आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

देउखुरीमा गरियो लुम्बिनीको स्थायी राजधानीको शुभारम्भ

  • प्रकाशित मिति : बुधबार, मंसिर २८, २०७९



  • दाङको देउखुरीमा लम्बिनी प्रदेशको स्थायी राजधानीको शुभारम्भ गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै बुधबार स्थायी राजधानी दाङको देउखुरीबाट कार्य प्रारम्भ भएको घोषणा गरे ।
    प्रदेश प्रमुख शेरचनले राप्ती गाउँपालिका–३ स्थित देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन पनि गरे ।

    योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा गरिएको छ ।

    प्रदेश राजधानी स्थान्तरण भएको खुसियालीमा स्थानीय कलासंस्कृति झल्किने झाँकी तथा समेत प्रदर्शन गरिएको छ । राजधानी स्थानान्तरणको स्वागत गर्न भन्दै स्वागत गेट निर्माण गरिएका छन् ।

    २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो ।

    स्थायी राजधानी तोकेको दुई वर्षपछि अहिले देउखुरी उपत्यकामा प्रदेश सरकार स्थानान्तरण गर्ने काम भइरहेको छ । मंसिर ९ गते मात्र बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय देउखुरीमा स्थानान्तरण गरिएको थियो ।

    साविकको राप्ती प्राविधिक शिक्षालयको परिसरलाई प्रदेशको प्रशासनिक केन्द्र बनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij