प्रकाशित मिति : बुधबार, मंसिर २८, २०७९
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
लामिछानको प्रतिनिधसभा सदस्य पद खारेज गर्न गर्दै युवराज पौडेलले रिट दर्ता गरेको सर्वोच्च अदालतले जनाएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज रिट दर्ता गराएका हुन् ।
लामिछानेविरुद्ध निर्वाचन आयोगमा पनि उनले उजुरी गरेका थिए । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको थियो ।
आयोगले यो उजुरी तामेलीमा राखेको छ । उनले निर्वाचित भएको प्रमाणपत्र भने पाएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij