आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पटुकीका पैसाले वृद्धाको लियो ज्यान

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७९



  • काठमाडौँको तारकेश्वर नगरपालिका–६, पुसलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । तारकेश्वर–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति पक्राउ परेका हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । महिलाको शव प्रहरीले मङ्सिर २२ गते तारकेश्वर नगरपालिका–३, पारिवन पाखा सामुदायिक वनको खोल्सामा फेला पारेको थियो ।

    प्रहरीसँगको बयानमा शिवभक्तले मृतक वृद्धाले चिसापानी चप्पल कारखानामा राहत लिन जान आफूसँग सहयोग मागेको र बाटोमा जाँदै गर्दा लुटपाट गर्ने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन् ।मृतक वृद्धा आँखासमेत देख्न नसक्ने र साथमा एक लाख रुपियाँभन्दा बढी बोकेर हिँडने गरेको जानकारी पाएपछि उनले हत्या गर्ने योजना बनाएको बयानका क्रममा बताएका छन् ।वृद्धा महिलालाई जङ्गलमा पुगेपछि शिवभक्तले ढुङ्गाले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका थिए । हत्यापछि शवलाई खोलामा फ्याँकेर वृद्धाको पटुकीमा भएको अन्दाजी ४५–५० हजार रुपियाँ लिएर शिवभक्त घर आई परिवारसहित ससुराली पुगेका थिए । आजको गोरखपत्र दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij