आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पानीबाराबारको सम्बन्ध फेरि सहकार्यमा,क्षणभरमै बदलियो राजनीतिक समीकरण

  • प्रकाशित मिति : आइतवार, पुस १०, २०७९



  • काठमाडौं । राजनीतिमा स्थिर शत्रु, मित्र हुँदैन भन्ने तथ्य नेपालको राजनीतिमा फेरि एक पटक प्रमाणित भएको छ । बाम एकताको नारासहित ०७४ सालको निर्वाचनमा होमिएका नेपालका दुई ठूला बाम घटक एमाले र माओवादी पानीबाराबारको सम्बन्ध गुज्रिदै फेरि सहकार्यमा जुटेका छन् ।

    एउटै पार्टी बनाएर सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको इतिहास बनाएका यी दुई पार्टीको एउटै बाटो लामो समय तय हुन सकेन् । पार्टीभित्रको आन्तरिक विवाद तथा सत्ता उन्मादले अन्ततः पार्टीमा फूट मात्र आएन्, सरकारको नेतृत्वमा नै परिवर्तन आयो । पूर्व एमालेबाट माधव नेपालसहितका असन्तुष्ट पक्ष बाहिरिँदा माओवादी केन्द्रसहितले नेपाली कांग्रेसलाई सत्ताको ताला चाभी सुम्पिए ।

    पाँच दलीय गठबन्धनको सरकारले आम निर्वाचन सम्पन्न गरायो । गठबन्धन गराएर सबैभन्दा ठूलो लाभ नेपाली कांग्रेसले नै लियो । अघिल्लो निर्वाचनमा गुमाएको साखलाई पुनः जागृत गरेको कांग्रेसलाई यो पटक गठबन्धन बचाएर लैजाँदा केन्द्रदेखि प्रदेशसम्म सत्ताको लाभ थियो । तर, राजनीति सधै कहाँ सिधा बाटो हिँड्छ र ? लाभको आधारमा गरिने साठगाँठले आज फेरि नेपालको राजनीतिमा नयाँ घटना जन्माइदिएको छ । जसबाट कत्तिले हातमै आएको अवसर गुमाएका छन् भने कसैले नसोचेको अवसर पाउँदैछन् ।

    नयाँ सरकार गठनका लागि आइतवार दिनभरको दौडधुपमा पनि केही दलले राम्रै अवसर पाउँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै गुमाएको छ । माओवादी र एमालेले राम्रै लाभ प्राप्त गरेको दिन नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले भने नसोचेको गुमाएका छन् । बिहानसम्म नेपाली कांग्रेससँग थुप्रै पद थिए र हुनेवाला थिए । माओवादीलाई प्रधानमन्त्री दिएको भए राष्ट्रपतिसहित उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये केही पद पाउँथ्यो । यस्तै, प्रदेशमा पनि उसलाई राम्रो लाभ थियो । १० सिट भएको एकीकृत समाजवादीले पनि केही पदमा दाबी गरेको थियो ।

    आइतबार दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष दाहाल गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोट पुग्नुभयो, तब कांग्रेससँग केही पनि रहेन । अब कांग्रेसले ठूलो दलको हैसियतामा पाउने लाभ गुमाएको छ । छैटौं पटक प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको सपना तुहिएको छ । अनी राजनीतिको उत्तरार्धमा राष्ट्रपति बन्ने रामचन्द्र पौडेलको इच्छामा अंकुश लागेको छ ।

    यसले कांग्रेसभित्रको आन्तरिक विवाद झन चर्किने छ । गठबन्धन परिवर्तनले माओवादी केन्द्रको आडमा आफ्नो राजनैतिक यात्रा तय गरेको एकिकृत समाजवादीलाई संकटले घेर्ने निश्चित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij