आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मेकअप कोठामा मृत भेटिइन् भारतीय अभिनेत्री तुनिशा

  • प्रकाशित मिति : सोमवार, पुस ११, २०७९



  • भारतीय टेलिशृंखला अभिनेत्री तुनिशा शर्मा मृत फेला परेकी छन्।

    शनिबार ‘अली बाबा: दास्तान ए काबुल’ को छायांकन सेटमा उनी मृत फेला परेकी हुन्। उक्त टेलिशृंखलामा उनी राजकुमारी मरियमको भूमिका निर्वाह गरिरहेकी थिइन्। 

    भारतीय सञ्चार माध्यमका अनुसार उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल आनन-फानन अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए। 

    प्रहरीका अनुसार नयाँ गाउँको रामदेव स्टुडिओमा छायांकन भइरहेको थियो। ब्रेकको समयमा अभिनेत्री तुनिशा पंखामा झुन्डिएकी हुन्। 

    तुनिशाकी आमाले उनको प्रेमी शीजान मोहम्मदको कारण छोरीले यस्तो कदम उठाएको आरोप लगाएकी छन्। प्रहरीले शीजानलाई पक्राउ गरेको छ। 

    चन्डीगढमा जन्मिएकी तुनिशाले २०१५ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो। त्यसपछि उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्।

    उनले २०१६ मा बलिउडमा पनि डेब्यु गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो। उनले ‘बार-बार देखो’ र ‘दबंग ३’ मा समेत अभिनय गरेकी छन्। 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij