आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मुगुमा चिसोले गाउँ छोड्दै स्थानीय

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७९



  • मुगु । मुगुका मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय चिसाले गाउँ छोड्न बाध्य भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई हरेक वर्ष हिउँद आफ्नो जन्मथलो छोडेर बाहिरिने गरेका छन् ।

    कठ्याङग्रिँदो जाडोसँगै हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि मंसिर, पुस, माघ र फागुन तीन महिना गाउँ छोडेर महिला पुरुष बालबालिका वृद्धाहरु बेंसीतिर झर्ने गरेपछि उक्त हिमाली बस्तीहरु सुनसान देखिने गरेका छन् । यतिबेला मुगु, चितै, डोल्फु, किम्री, कार्ति लगायत बस्तीका स्थानीय बेंसीमा झरिसकेका छन् । हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौं, सुर्खेत, नेपालगञ्जतिर कोही भारत कुल्लीमुलालीतर्फ गएका छन् ।

    गर्मी मौसम सुरुवात भएसँगै पाटन क्षेत्र, बन जंगलमा जडिबुटी यार्सा टिप्ने मौसम प्रारम्भ भएपछि बेंसी झरेका स्थानीय गाउँतिर फर्किने गरेका छन्। चिसोले गर्दा यहाँका स्थानीय हरेक हिउँदमा गाउँ छोडेर बाहिरिने गरेको मुगु गाउँका सोनाम तामाङले बताए । चिसो खप्न नसकेर स्थानीय बाहिरिने गरेपछि मंसिरदेखि फागुन महिनासम्म सो बस्तीहरुमा विकास निर्माण, पठनपाठन, स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

    स्थानीय बाहिरिए पछि कार्यरत कर्मचारी पनि गाउँपालिकातिर केन्द्रित हुने गरेका छन् । मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरी चौकीमा पनि हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ । करिब चार महिनासम्म सीमा प्रहरी चौकी बन्द हुने गरेको छ । मुगु गाउँका डेढ सय परिवार चिसो छल्न गाउँ छोडेर बाहिरने गरेपछि प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पनि जिल्लातिर डाक्ने गरिएको छ ।

    मौसमी बसाइ भौगोलिक विकटता गरिबी र सरकारी न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ । मुगुम कार्मारोङ गाउँपालिकाले पुस १५ देखि माघ १५ सम्म विद्यालयहरुमा जाडो बिदा दिने गरेको छ । करिब १७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय ४ महिना गाउँ बाहिर र ८ महिना गाउँमै बसेर खेतीपाती जडिबुटी, विकास निर्माणका काम गरेर जीवन निरवाह गर्न बाध्य छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij