आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सवारी धनी नै लिन नजाँदा २ हजार मोटरसाइकल बेवारिसे

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७९



  • काठमाडौं । प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको सवारी साधन सम्बन्धित सवारी धनीले लिन नजाँदा त्यस्ता सवारी साधन बेवारिसे बनेका छन् । यस्ता बेवारिसे सवारी साधन राख्ने ठाउको अभाव हुँदा ट्राफिक प्रहरीलाई टाउको दुखाई बनेको छ । वर्षौंदेखि थुप्रिएको फोहोरले प्रहरी कार्यालय कवाडीखाना जस्तै बनेका छन् ।

    काठमाडौं उपत्यका मात्र हैन, देशभरका प्रहरी कार्यालयमा छरपस्ट सवारी साधनको व्यवस्थापन नहुँदा समस्या उत्पन्न भएको छ । यस्ता, सवारी साधन प्रहरी कार्यालयको हातामा नअटेर बाहिरी सडकमा समेत राख्दा सडक अतिक्रमित भई आवागमनमा समेत बाधा पुगेको छ ।

    कानूनी जटिलताका कारण प्रहरी स्वयंले यी सवारी साधन लिलामी गर्न सक्दैन । उपत्यकाको विभिन्न ट्राफिक प्रभाग तथा काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा गरि झण्डै २ हजार मोटरसाइकल बेवारिसे अवस्थामा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

    ट्राफिक प्रहरीकाअनुसार यसरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी धनी पहिचान गरी फर्काउने गरेको छ । तर धेरै कर तिर्न बाँकी, कवाडी अवस्थामा पुगेका र ईन्सुरेन्सबाट क्षतिपूर्ति लिएकाहरु आफ्नै साधन लिन आउने जाँगर चलाउँदैनन् । अर्कातिर यस्ता सवारी साधन निजि सम्पति भएकाले लिलाम गर्न कानून बाधक रहेको प्रवक्ता भट्ट बताउनुहुन्छ ।

    काठमाडौ उपत्यका ट्राफिक प्रहरी आफ्नो स्वामित्वमा राखेका सवारी साधन व्यवस्थापनको लागि कानून संशोधन गर्ने पहल भइरहेको जनाएको छ । राहदानी जस्तै, वर्षौंदेखि चुनौतिपूर्ण देखिएको यो समस्याप्रति सरकारले तदारुकता देखाउन आवश्यक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij