प्रकाशित मिति : सोमवार, पुस २५, २०७९
तुलसीपुर नगर जेसिज वर्ष २०२२ को वार्षीक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले वर्ष २०२३ का लागि अध्यक्ष पदमा शालिकराम वलीलाई चयन गरेको छ । वलीलाई सर्वसम्मत रुपमा वर्ष २०२३ को अध्यक्षमा चयन गरिएको हो ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा शैलेन्द्रकुमार वली र झग्गुप्रसाद सापकोटा (सुशान्त) , उपाध्यक्षमा प्रवेश भुसाल, सागर न्यौपाने, तुफान सापकोटा र भिमसेन थापा चयन भएका छन् ।
त्यसैगरी सहसचीवमा टेकेन्द्र डाँगी चयन भएका छन् । महासचिव, कानुनी सल्लाहाकार, कोषाध्यक्ष र जनसम्पर्क अधिकारी मनोनित गर्न बाँकी रहेको छ । आउँदो माघ ७ गते तुलसीपुर नगर जेसिजको १२ औं पदस्थापना कार्यक्रम हुने वर्ष २०२२ का महासचिव पुर्ण डाँगीले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij