आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जब बच्चन परिवारमा ऋतिक रोशनका कारण झगडा पर्‍याे!

  • प्रकाशित मिति : बिहिबार, पुस २८, २०७९



  • बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको कामसँगै व्यक्तिगत जीवनको पनि उत्तिकै चर्चा हुन्छ।

    सन् २००६ आएको फिल्म ‘धूम २’ मा ऐश्वर्या र ऋतिक रोशन जोडीको रूपमा प्रस्तुत थिए। सञ्जय गढभीले निर्देशन गरेको फिल्ममा अभिषेक बच्चन मुख्य भूमिकामा थिए। उनीहरूसँगै उदय चोपडा र विपाशा बासुको पनि अभिनय थियो। 

    यो उनको १७ वर्ष पुरानो किस्सा हो। यसै फिल्मको क्रममा ऐश्वर्यालाई अदालतले नोटिस पठाएपछि बच्चन परिवार निकै रिसाएका थिए। जसको कारण निर्देशक सञ्जय गढभी र ऋतिक रोशन थिए। 

    कथाको मागअनुसार ऐश्वर्याले ऋतिकसँग किसिङ सीन शूट गरेकी थिइन्। किसिङ सीन बाहिरिएपछि दर्शकले खुब विरोध गरेका थिए।

    उक्त कुरा ऐश्वर्या आफैले फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा खुलाएकी हुन्। उनी किसिङ सीन गर्न सहज महसुस गर्दिनन्। यसैकारण उनले हलिउड फिल्मसमेत छाडेकी थिइन्। तर उनले पहिलो पटक बलिउड फिल्ममै किसिङ दिने र दर्शकको प्रतिक्रिया बुझ्ने सोच बनाइन्। 

    उक्त सीन गरेपछि उनलाई भारतको विभिन्न ठाउँबाट कानुनी नोटिस पठाइएको थियो। लिखित नोटिसमा उनलाई यस्तो सीन किन गरिएको भनेर प्रश्न गरिएको थियो। 

    ‘तपाईं प्रतिष्ठित अभिनेत्री हो, तपाईं अन्य केटीहरूको लागि उदाहरण हुनुहुन्छ। तपाईं आफैले किसिङ सीन गर्न सहज महसुस गर्दिनँ भन्नुभएको थियो। तपाईंले किन यस्तो गर्नुभयो?,’ नोटिसमा लेखिएका थियो।

    त्यतिबेला ऐश्वर्या र अभिषेकको इन्गेजमेन्ट भइसकेको थियो। त्यसैले बच्चन परिवार उनीसँग रिसाएका थिए।

    ऐश्वर्या र ऋतिकको किसिङ सीन हेरेपछि अभिषेकले ऋतिकसँग कुरा गर्न समेत छाडेका थिए। बच्चन परिवारले उक्त सीन हटाउन निकै प्रयास गरेका थिए। किसिङ सीनले फिल्म हिट भएपछि हटाइएको थिएन। 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij