आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

महाबौद्धका व्यापारी भन्छन् – मध्य जाडोमा बोहोनीसमेत हुँदैन

  • प्रकाशित मिति : शुक्रबार, माघ ६, २०७९



  • काठमाडौं । ओहो, कस्तो जाडो ! अहिले हरेकका मुखबाट यही वाक्य उच्चारण हुने गर्छ । चिकित्सकहरुले पनि न्यानो कपडा लाउन र तातो झोलिलो पदार्थ खाएर जाडोबाट बच्न सुझाएका छन् । तर हिङदेखि हर्दीसम्म पाइने काठमाडौंको प्रमुख व्यवसायीक थलो असन र महाबौद्धका न्यानो लुगाका व्यापारीहरु ग्राहकको अभावमा हाई काढेर बस्नु परेको गुनासो गर्छन ।

    जाडो बढेपछि व्यापारमा पनि केही कमी भएको देखिन्छ । मध्यान्ह महाबौद्धका पसल खाली थिए । सधैं मानिसको ठेलमठेल हुने यस क्षेत्रका व्यापारी ग्राहकको प्रतिक्षामा बसिरहेका थिए कति त उँगेर बसेका थिए । ऋण काढेर लुगामा करोडौं लगानी गरेको तर उपभोक्ता नआउँदा आफूहरु धर्म संकटमा परेको गुनासो व्यवसायीको छ । चीनसँगको व्यापार नाका असहज हुनु, बैंकको ऋणले पुरिनु त्यसमाथि व्यापार नहुँदा चेपुवामा परेको ठान्ने व्यवसायीहरु कहिलेकाही थोक त परै जाओस् बोहोनी समेत हुन छोडेको डम्बर खरेल बताउनुहुन्छ ।

    जाडोमा व्यापार नहँदा पसलको भाडा समेत तिर्न नसक्ने अवस्था आएको महाबौद्धका व्यापारी यज्ञप्रसाद तिमिल्सिना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ-मेरो पसल भित्र पर्ने भएकाले बिक्री झन् कम भएको बताउनुहुन्छ ।

    यो वर्ष अघिल्ला वर्षजस्तो चिसो महसूस नहुँदा गर्मीको व्यापार हुन थालेको व्यापारी बताउँछन् । बजारमा जताततै जाडोका रेडिमेड कपडा ज्याकेट, टाउजर, टोपी, स्वेटरदेखि पछ्यौराले बजार ढाकिएको छ । तर ग्राहक शून्य रहेका कारण पसलको भाडा समेत तिर्न नसकिने अवस्था रहेको व्यापारी बताउँछन् ।

    गत बर्षको तुलनामा यो बर्ष कपडामा ५० देखि २ सय प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । सामानको मूल्य खासै नबढेको कतिपय ग्राहकको अनुभव छ भने कसैको धेरै बजार घुम्दा पनि भने जस्तो सामान पाउनै कठिन भएको बताए । बजार डुल्दा पनि भनेजस्तो कपडा पाउन नसकेको जानु अधिकारी बताउनुहुन्छ । उहाँले सामान पनि महंगो भएको बताउनुभयो ।

    ग्राहकमा क्रय क्षमता घट्नु र बैंकहरुले ऋणमा कडाई गर्नुले व्यापारमा चुनौति थपिएको विश्लेषण व्यापारीहरुको छ । यो अवस्था रहिरहे भाडा तिर्न समेत कठिन हुने भन्दै उनीहरुले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij