आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रहरीको छवि उच्च बनाउने काम गर्न डीआइजी कुँवरको निर्देशन

  • प्रकाशित मिति : शुक्रबार, माघ ६, २०७९



  • रौतहट । डीआईजी वसन्तबहादुर कुँवरले प्रहरी संगठनको छवि उच्च बनाउन १२ बुँदे निर्देशन दिएका छन्। हालै मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले शुक्रबार पहिलोपटक जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण गर्ने क्रममा उनले सो निर्देशन दिएका हुन् ।

    उनले भीआइपीको भरपर्दो सुरक्षा व्यवस्था गर्ने, सर्वसाधारणको गुनासो सुन्ने, महिला बालबालिका तथा विपन्नलाई विशेष प्राथमिकतामा राख्न, सामुदायिक कार्यक्रम मार्फत समाजमा जनचेतना फैलाउन, अपराध अनुसन्धान तथा उजुरी छलफलमा बिचौलियाको प्रभाव न्यून बनाउन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुलाई निर्देशन दिएका हुन् ।

    डीआइजी कुँवरले प्रहरी संगठनको छवि उच्च बनाउन काम गर्न र सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण स्थानमा सिसिटिभी जडानको लागि पहल गर्न समेत निर्देशन दिएका रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय देखि मातहतका सम्पूर्ण प्रहरी युनिटका प्रमुखहरुको सहभागिता रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij