प्रकाशित मिति : शुक्रबार, माघ ६, २०७९
सशस्त्र प्रहरी बल नेपालले ९७ जना सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले एकपटक पनि कमाण्डको जिम्मेवारी नपाएकालाई पहिलो प्राथमिकतामा, रिजर्भ गण र तालिम शिक्षालयमा काम गरेकालाई दोस्रो प्राथमिकतामा, विगतमा मुख्य गणमा कमाण्ड गरेकालाई तेस्रो प्राथमिकतामा राखेर गएराती सशस्त्र एसपीहरुको सरुवा गरेको हो ।
सरुवासँगै लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेमा रमेश बिक्रम शाहीको सरुवा भएको छ । बाँकेका एसपी जनकराज बस्नेतको विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटार सरुवा भएको छ । धिरेन्द्रराज न्यौपानेको सशस्त्र प्रहरी बल नं २६ गण पश्चिम नवलपरासीमा सरुवा भएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीमा दिपक कुमार थापाको सरुवा भएको छ भने सशस्त्र प्रहरी बल नं २८ गण कपिलवस्तुमा जीवन केसीको सरुवा भएको छ । सशस्त्र प्रहरी बल नं ४२ रिजर्भ गण सम्शेरगन्ज बाँकेमा अशोक कुमार लम्साल, सशस्त्र प्रहरी बल नं ४१ रिजर्भ गण अर्जुन खोलामा सुशील प्रसाद पराजुली र सशस्त्र प्रहरी बल नं २९ गण दाङमा गोपाल प्रसाद श्रेष्ठको सरुवा भएको छ ।
त्यस्तै यादव बहादुर विक स्टाफ कलेज सानो गौचरन, शशी पाण्डे सशस्त्र प्रहरी बल नं १७ गण चितवन, नर बहादुर रावतको सशस्त्र प्रहरी प्रशासन कार्य विभागमा सरुवा भएको छ भने अशोक बमको इन्टिलिजेन्स ब्युरो, बिमल डाँगी र चित्राङ्गत दाहालको पशुपति बाहिनी काठमाडौं सरुवा भएको छ भने टोप बहादुर डाँगी सशस्त्र प्रहरी बल नं १२ गण बारा र चेतराज जोशीको सशस्त्र प्रहरी बल नं ३३ गण त्रिपूरा जुम्ला सरुवा भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij