आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना: ४५ घाइते, एकको अवस्था गम्भीर

  • प्रकाशित मिति : शनिबार, माघ ७, २०७९



  • नवलपरासी पश्चिमको त्रिबेणी-महेशपुर भित्रि हुलाकी सडक खण्डमा भारतीय तिर्थयात्रु बोकेको बस पल्टिँदा ४५ जना तिर्थयालु घाइते भएका छन् ।

    पाल्हिनन्दन गाउपालिका वडा नं १ रमपुरवा स्थित झरही खोलाको भित्री सडक खण्डमा पवित्र धार्मिक स्थल त्रिबेणीधामबाट माघे कृष्ण औसीका दिन तिर्थ स्नान गरि महेशपुर भन्सार नाकाबाट फर्किदै गरेको युपी १६ एफटी ७४६६ भारतीय प्लेट नम्बर भएको बसको स्टेरिङ्ग फेल भई आफै अनियन्त्रित भएर बाटोदेखि अन्दाजी १० मिटर तल घोलामा पल्टिँदा भारतीय तिर्थयालुहरु घाइते भएका हुन् ।

    बस पल्टिएको खबर पाउन साथ स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल पुगेर घाइते भएकाहरुको उद्धार गरि पृथ्वी चन्द्र जिल्ला अस्पताल एम्बुलेन्स मार्फत पुर्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले बताए । घाइते मध्ये एकजनाको टाउमा गम्भीर चोट लागेकाले उनको अवस्था गम्भीर रहेको पाण्डेले जानकारी दिए ।

    बसमा करिब ६०/६५ जना तिर्थयात्री सवार रहेको बताइएको छ । समान्य घाइते भएकालाई गन्तव्य पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    अधिकांश घाइते भएका तिर्थालु भक्तजन भारत महाराजगन्ज जिल्ला फरेन्दा र गोरखपुर कम्पियरगंजका रहेका छन् । हरेक वर्ष माघे कृष्ण औंसीका दिन नवलपुर जिल्लाको त्रिवेणीधामा मेला लाग्ने गर्छ । उक्त मेलामा नेपाल गरि अधिकांश भारतको बिहार र उत्तर प्रदेशको हजारौं श्रदालुभक्तजनहरु स्नान गर्न आउछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij