आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रधानमन्त्रीको सचिवालयमा ७ जनाको नियुक्ति

  • प्रकाशित मिति : आइतवार, माघ ८, २०७९



  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वकीय सचिवालयमा ७ जनाको नियुक्ति गरेका छन् ।

    प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेका उनी दोस्रो संविधानसभा सदस्य थिए । उनी तत्कालीन माओवादी सेनाको डिभिजन कमान्डर समेत हुन् ।

    प्रधानमन्त्रीको स्वकीय सचिवमा भने रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका छन्। उनीहरु यसअघि पनि खुमलटारमा प्रचण्डको स्वकीय सचिवका रुपमा कार्यरत थिए । मल्ल र दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य छन् ।

    त्यस्तै स्वकीय सहसचिवका रुपमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेलले नियुक्ति पाएका छन्। शर्माले प्रेस संयोजकको जिम्मेवारी पाएका छन् । उनी यसअघि पनि प्रचण्डको प्रेस संयोजक थिए । उनी माओवादी केन्द्र निकट प्रेस सेन्टरका उपाध्यक्ष समेत हुन् ।

    तिमिल्सिना भने प्रेस विज्ञको रुपमा नियुक्त भएका छन् । उनले यसअघि केही समय प्रचण्डको सचिवालयमा काम गरेका थिए ।

    प्रचण्डको स्वकीय सचिवालयले पूर्णता पाउन अझै बाँकी छ । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत पदमा नियुक्ति गर्न बाँकी छ ।

    प्रमुख सल्लाहकारमा प्रचण्डले यसअघि पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई प्रस्ताव गरेका थिए । तर, उनले पार्टीको जिम्मेवारी दिन आग्रह गरेका थिए ।

    पदाधिकारी वा स्थायी समिति सदस्यहरुमध्यबाट एक जनालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरिने चर्चा माओवादी वृत्तमा छ । त्यस्तै बाँकी अन्य पदहरुमा पनि विज्ञता हेरेर विस्तारै नियुक्ति गरिने बालुवाटार स्रोतले बतायो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij