आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ज्वाइँलाई ३७९ व्यञ्जनको सत्कार

  • प्रकाशित मिति : सोमवार, माघ ९, २०७९



  • पूर्वीय संस्कारमा ज्वाइँलाई निकै सम्मान गरिन्छ । ससुराली गएको ज्वाइँलाई (अझ नौलो ज्वाइँलाई) त सत्कारमा कुनै कमी राखिंदैन । ज्वाइँको खानपिनदेखि कपडालगायत हरेक कुराको बन्दोबस्ती निकै शानदार ढंगले गरिएको हुन्छ ।

    तर कहिलेकाहीं ज्वाइँलाई गरिने सत्कारले सीमा नै नाघ्छ । हालै भारतमा एउटा भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । जहाँ ससुराली गएका एक जना ज्वाइँलाई ३७९ प्रकारका व्यञ्जन टक्राइएको छ ।

    समाचार अनुसार उक्त भिडियो भारतको आन्ध्रप्रदेशस्थित पश्चिम गोदावरी जिल्लामा रहेको नरसापुरमको हो । इन्स्टाग्राममा सेयर भएको उक्त भिडियोमा दिइएको जानकारी अनुसार छोरी र ज्वाइँको स्वागतमा परिवारको तर्फबाट कुल ३७९ प्रकारका परिकार तयार गरी टक्राइएको थियो । पछिल्लो १० दिन लगाएर ती परिकार तयार पारिएको थियो ।

    छोरीज्वाइँलाई पस्किएको भोजनमा ४० प्रकारको बास्नायुक्त भात, ४० प्रकारको तरकारी, २० प्रकारको रोटी अचार, १०० प्रकारका मिठाइहरु, १० प्रकारका जुसलगायत सफ्ट ड्रिंक्स तथा अन्य खानेकुरा सामेल थिए ।

    उसो त उक्त गोदावरी जिल्लामा ज्वाइँको सत्कारमा कैयौंथरी व्यञ्जनको भोजन गराउने परम्परा नै छ । इन्स्टाग्राममा सेयर गरिएको भिडियोमा पहिलो संक्रान्तिका बेला गरिएको बिन्दु भोजनममा कुल ३७९ प्रकारका परिकार भोजन गरिएको उल्लेख छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij