प्रकाशित मिति : सोमवार, माघ ९, २०७९
कपिलवस्तु । यशोधरा गाउँपालिका-६ रंगपुर गाउँबाट सुन जस्तो देखिने पहेलो धातु ११ ग्राम ५४ मिलिग्राम, चाँदी जस्तो देखिने सेतो धातु ६ सय २६ ग्राम, सुन तौल गर्ने काटा १ थान र नगद ६ हजार २ सय १० भारतीय रुपैयाँ सहित भारत सिद्धार्थनगर बजाहा गाउँ बस्ने २९ वर्षीय महेन्द्र बिश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिश्वकर्माले ज्याकेटको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त सामानहरु फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij