आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

होटलको झुटो बिलभर्पाइ बनाएर लाखाैँ रुपैयाँ झ्वाम

  • प्रकाशित मिति : बिहिबार, माघ १२, २०७९



  • काठमाडौं । होटलको कीर्ते बिल बनाएर रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

    होटल सञ्चचालकसँग खाली बिल मागेर त्यसमा कीर्ते बिल भर्पाई तयार गरी लेखा अधिकृत बुढाले दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएको अख्तियारले बताएको छ ।

    होटलमा कार्यक्रम गरेको भनिएपनि बिलमा उल्लेख भएको मिति र कार्यक्रममा उपस्थित मानिसको संख्या फरक परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयाे ।

    अख्तियारले न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजाली विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    होटल सञ्चालकले खाली बिलहरुमा छाप लगाई पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत बुढालाई दिएको र उनीबाट २ लाख ६२ हजार ५०२ भुक्तानी पनि लिएको अख्तियारले बताएको छ ।

    पञ्चपुरी नगरपालिकाका अधिकृत छैटौं लालबहादुर सुवेदी र तुलसी केसीले लेखा झुटा बिल भर्पाइ बनाएर लेखा अधिकृत बुढालाई रकम भुक्तानी गर्न सहयोग गरेको भन्दै भ्रष्टाचार मुद्दामा मतियार भनी मुद्दा दर्ता गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij