आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सल्यानका एक हजार ६ सय बढी परिवार अति गरिबको सूचीमा

  • प्रकाशित मिति : शनिबार, माघ १४, २०७९



  • सल्यानका एक हजार छ सय ५५ परिवार अति गरिबको सूचीमा छन् । यस्तै तीन हजार दुई सय ८७ परिवार मध्यम गरिब र तीन हजार एक सय ७९ परिवार सामान्य गरिबको सूचीमा रहेका छन् । गरिब परिवार सूचीकृत पुस्तिकाअनुसार जिल्लाको बागचौर नगरपालिकामा पाँच सय १७ अति गरिब, सात सय ६० मध्यम गरिब र चार सय तीन सामान्य गरिब गरेर एक हजार छ सय ८० परिवार गरिबको सूचीमा छन् ।

    यस्तै बनगाड कुपिण्डे नगरपालिकामा तीन सय ३८ अति गरिब, छ सय ९२ मध्यम गरिव, चार सय पाँच सामान्य गरिबसहित एक हजार चार सय ३५, शारदा नगरपालिकामा ४० अति गरिब, एक सय ७६ मध्यम गरिब र चार सय ३१ सामान्य गरिब गरेर छ सय ४७ परिवार गरिबको सूचीमा परेका हुन् । यस्तै दार्मा गाउँपालिकामा ६८ अति गरिब, दुई सय १२ मध्यम गरिब र दुई सय १४ सामान्य गरिब गरेर चार सय ९४, कुमाख गाउँपालिकामा एक सय १४ अति गरिब, दुई सय ३७ मध्यम गरिब र दुई सय सामान्य गरिब गरेर पाँच सय ५१, सिद्ध कुमाख गाउँपालिकामा ३७ अतिगरिब, एक सय ४३ मध्यम गरिब र एक सय ७४ सामान्य गरिब गरेर तीन सय ५४ परिवार गरिबको सूचीमा रहेका छन् ।

    यस्तै छत्रेश्वरी गाउँपालिकामा ५१ अतिगरिब, एक सय ४० मध्यम गरिब र दुई सय २८ सामान्य गरिब गरेर चार सय १९, कालीमाटी गाउँपालिकामा तीन सय ५३ अतिगरिब, पाँच सय ५८ मध्यम गरिब र पाँच सय ७३ सामान्य गरिब गरेर एक हजार चार सय ८४, त्रिवेणी गाउँपालिकामा ३१ अतिगरिब, एक सय २४ मध्यम गरिब र दुई सय २१ सामान्य गरिब गरेर तीन सय ७६ तथा कपुरकोट गाउँपालिकामा एक सय छ अतिगरिब, दुई सय ४५ मध्यम गरिब र तीन सय ३० सामान्य गरिब गरेर छ सय ८१ गरिब परिवार रहेका छन् । जिल्लाभर करिब ५२ हजार घरधुरी रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij