प्रकाशित मिति : मङ्लबार, माघ १७, २०७९
कञ्चनपुर ।पुनर्वास नगरपालिका-११ चौकीडाँडास्थित कुखुराको फर्ममा जुवातास खेलिरहेको
अवस्थामा कैलाली गौरीगंगा नगरपालिका-११ शिवपुर घर भएका ४८ वर्षीय नर बहादुर
धामी समेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय
त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय २५ रुपैयाँ र एक
गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij