प्रकाशित मिति : बुधबार, माघ १८, २०७९
दाङको टरिगाउँ एयरपोर्टमा माघ २५ गतेदेखि सिता एयरले उडान भर्ने भएको छ । हवाई भाडा दर समायोजन हुने गरी २५ माघबाट सिता एयरले दाङ काठमाडौं उडान भर्ने भएको हो ।
नेपाल एयरलाइन्सको भाडा दर भन्दा एक हजार पाच सय रुपैँया कम भाडादरमा सिता एयरलाइन्सले उडान भर्ने भएको छ । जस अन्तर्गत सिता एयरलाइन्सको भाडा हाललाई सात हजार नौ सय कायम गरिएको छ । सिता एयरका महाप्रबन्धक राजेन्द्र बहादुर सिहंका अनुसार सुरुमा हप्ताको दुई/तिन दिन उडान भर्ने निर्णय भएको छ ।
यद्यपी यात्रुको चाप वृद्धि भएमा हप्ताको प्रत्येक दिन उडान भर्ने महाप्रबन्धक सिंहको भनाइ छ । यसअघि नेपाल एयरलायन्सले हप्ताको चार दिन नियमित उडान भर्दै आएको थियो । भने भाडा दर ९ हजार ४ सय रहेको छ ।
बुधबार तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, निवर्तमान तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजाल, बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, सिता एयरका प्रतिनिधि, स्थानीय सामुदायिक वनका अध्यक्ष, पत्रकार सहितको टोलीले एयरपोर्टको स्थलगत निरिक्षण गरेको छ ।
साथै एयरपोर्टको तत्काल सुधार गर्नुपर्ने, रुख कटान, घरको छतमा रहेका पाईपहरु काट्ने र धावनमार्ग बाहिर ग्राबेल बिछ्याउने काम २४ गतेसम्म सक्ने गरि शुरु भएको छ ।
यस अघि सिता एयरले माघ १३ गते परिक्षण उडान भरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij