प्रकाशित मिति : शुक्रबार, माघ २०, २०७९
जाजरकोट/ जाजरकोट जिल्लाको नलगाड नगरपालिकाको-०८ बस्ने
तिल बहादुर पुनको छोरा टेक बहादुर पुनले आफ्नो नाममा रहेको १ रोपनी
८ आना क्षेत्रफल भएको जग्गा निशुल्क अस्थाई प्रहरी पोष्ट मैदे जाजरकोटको
नाममा नामसारी गरेको हुँदा जग्गादातालाई जग्गादाता कै घरमा पुगेर जाजरकोटका प्रमुख
जिल्ला अधिकारी अन्जन न्यौपाने र जिल्ला प्रहरी कार्यालयका जाजरकोटका प्रमुख
प्र.ना.उ. Dsp सन्तोष निरौलाबाट कदर पत्र तथा सम्मान गरिएको छ्/
जग्गादाता पुन परिवारलाई प्रहरी प्रमुख निरौलाले घरमै पुगेर प्रमुख जिल्ला अधिकारी सहित प्रमाणपत्र प्रदान गर्नुको साथै यस्ता समाजमा मन र धनले संगसंगै साथ दिने महानुभाबहरुको कारणले नै प्रहरीले शान्ति सुरक्षा सजिलोसँग गरीरहेको छ र सधैं गर्न तत्पर रहेकोे बताउँनु भयो। पुन निकै बृद्धअबश्थाको रहेकोे र उहाँ सामान्य परिवारको रहेपनि करिब ५ लाखको जमीन दान गरेर समाजमा शान्ति सुरक्षा गर्नका लागि सहयोग पुगेको Dsp सन्तोष निरौलाले जानकारी दिनुभएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij