आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालकाे आइसियुमा

  • प्रकाशित मिति : शनिबार, माघ २१, २०७९



  • काठमाडौं । नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन्।

    दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार कटुवालका स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेको छ ।

    उनका अनुसार मृगौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराई रहेका कटुवालको स्वास्थ्यमा थप समस्या देखिएपछि गत म‌गलबारदेखि आईसीयूमा राखेर उपचार भईरहेको हो ।

    साथै, कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रवक्ता भण्डारीले जानकारीसमेत दिएका छन्।

    ०६६ साल वैशाख २० उनलाई प्रधान सेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भए पछि सोही प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु परेको थियो । कटवाल २०६३ भदौ २४ देखि प्रधानसेनापति भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij