आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  • प्रकाशित मिति : आइतवार, माघ २२, २०७९



  • *काठमाडौं ।सुनसरी कोशी गाउँपालिका-४ बस्ने बिबि हजरा खातुनको घरमा शुक्रबार राति
    विद्युत सर्ट भई आगलागी हुँदा उक्त आगो फैलिएर खातुन सहित ३ जनाको घर तथा घरमा
    रहेको अन्नपात भाडावर्तन लगायतका सरसामान पूर्ण रूपमा जलेर करिब ७ लाख रूपैयाँ
    बराबरको धनमाल नष्ट भएको छ ।

    *झापा बिर्तामोड नगरपालिका-८ स्कुल डाँडा बस्ने अरबिन्द अग्रवालको जगदम्बा
    प्लाई फ्याक्ट्रिमा चलिरहेको डायर मेसिन हिट भई उक्त मेसिनमा शुक्रबार राति आगलागी
    भएकोछ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । धादिङ, निलकण्ठ
    नगरपालिका-८ सांघुटारस्थित तनहुँ शुक्ला गण्डकी नगरपालिका-२ दुलेगौडा बस्ने सरिता
    श्रेष्ठको सरिता ईन्टरप्राईजेजमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा पसलभित्र
    रहेको विभिन्न सरसामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
    साथै उक्त आगो फैलिएर सोही ठाउँस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-८ बस्ने
    बिकाश ठकुरीको सजिना खाजाघरमा समेत आगलागी हुँदा करिब ५० हजार रूपैयाँ
    बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    *भोजपुर, साल्पासिलिछो गाउँपालिका-३ सार्किबारी बस्ने कृष्ण बहादुर राईको घरमा
    शनिबार बिहान आगलागी हुँदा घर तथा घरभित्र रहेको सम्पूर्ण सर-सामानहरु जलेर करिब
    ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
    साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्र्हरी प्रधान कार्यालय जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij