प्रकाशित मिति : आइतवार, माघ २२, २०७९
श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत छन्।
गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
श्रीमतीको हत्या गरेर शव घर नजिकैको खाल्डोमा पुरेर राखेको र शनिबार स्थानीयवासीले देखेसँगै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।
उदयपुरको साविक रामपुर–२ घर भएका मनोज केही समयदेखि अर्जुनधारा बसोबास गर्दै आएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij