प्रकाशित मिति : आइतवार, माघ २२, २०७९
बिनिता शर्मा,जाजरकोट| जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कर्णाली प्रदेश प्रहरी
कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम
प्रसाद ढकालले जिल्ला प्रहरी कार्यालयमा जाजरकोटमा कार्यालय, नागरिक सहयाता कक्ष, हिरासत कक्ष लगायत सम्पुर्ण शाखाहरुको निरीक्षण, अनुगमन पश्चात उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक
निर्देशन दिनु भएको छ|

कार्यक्रममा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुसंग समेत जिल्लाको समग्र शान्ति सुरक्षाको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो|




© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij