आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, माघ २३, २०७९



  • बिनिता शर्मा,काठमाडौं।रुपन्देही जिल्लाको सियारी गाउँपालिका-२ भगदरीमा ना.६ ख ६७६६ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका-७ कनरी बस्ने ५५ वर्षीय फुलचन्द्र गुप्ताको शनिबार राति मृत्यु
    भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको
    क्रममा मृत्यु भएको हो । ट्रकलाई नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी
    गरिरहेको छ ।

    धनुषा जिल्लाको सबैला नगरपालिका-११ ईनरुवामा हाल नम्बर नखुलेको ट्याक्टरले प्र.२-०२-
    ००२ प ०७४२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा मोटरसाइकलमा सवार
    सोही ठाउँ बस्ने ४० वर्षीया अभगली देवी महराको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर
    घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
    दुर्घटनाको थप अनसन्धानका लागि ४ वटा ट्याक्टर र १ वटा जेसीबीलाई नियन्त्रणमा लिएर
    प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-७ स्थित सडकमा प्रदेश ३-०१-०२२ च ६८४५ नम्बरको
    स्कारपियो र प्रदेश १-०१-०२ ह ३०७ नम्बरको सिटी सफारी एकआपसमा ठक्कर खाई शनिबार
    साँझ दुर्घटना हुँदा सिटी सफारी चालक पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २६ वर्षीय सन्जु
    उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल
    बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ५ जनाको सोही
    अस्पताल तथा १ जनाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ । स्कारपियो
    चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी मोरङ जिल्लाको बेलबारी नगरपालिका-२ स्थित सडकमा डब्लुबी ७४ बीजे ५४७७
    नम्बरको गाडी सडकमा पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा गाडी सवार भारत बस्ने ६३
    वर्षीय प्रताब सिहं तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल

    अस्पताल बेलबारीमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराट नर्सिङ होम
    विराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका अन्य ३
    जनाको सोही नर्सिङ होममा उपचार भइरहेको छ ।
    दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्र्हरी प्रधान कार्यालय जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij