प्रकाशित मिति : सोमवार, माघ २३, २०७९
बिनिता शर्मा काठमाडौ| सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१७ चतरा मार्गबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ८० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने ३२ वर्षीय योगराज राई र ३४ वर्षीय दुर्गा
राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले को.१४ प ९३४३ नम्बरको
मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध
सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध
वनरेक्स एकसय एमएलको ३ सय ५८ बोतल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जगरनाथपुर गाउँपालिका-१ बिसुनपुर्वा बस्ने २० वर्षीय
अबु अयुव असरफ र वीरगञ्ज महानगरपालिका-२ छप्कैया बस्ने २८ वर्षीय ईजहार आलम
रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय
वीरगञ्जबाट खटिएको संयुक्त टोलीले ना.२ च ७९०५ नम्बरको टाटा सुमो गाडीलाई जाँच
गर्ने क्रममा गाडीको बर्नटमा सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाई छिपाइ ल्याएको उक्त
लागूऔषध फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्र्हरी प्रधान कार्यालय जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij