प्रकाशित मिति : बिहिबार, माघ २६, २०७९
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाउनु भएकाे छ ।
विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले राजीनामा बुझाउनु भएकाे हाे ।
बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाउनु भएकाे प्रदेशकाे सचिवालयले जनाएकाे छ ।
गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार माघ २६ गतेभित्रै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । तर उहाँको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरेपछि उहाँले राजीनामा दिनुभएकाे हाे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij