आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङको चार वर्षअघि सुरु भएको अलपत्र चार लेन सडकमा स्थानीयको प्रदर्शन

  • प्रकाशित मिति : बिहिबार, माघ २६, २०७९



  • दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डको चार लेन सडक नबनेको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले बिहीबार दिउँसो घोराही–तुलसीपुर सडकखण्डको नारायणपुरमा करिब आधा घण्टा सडक अवरुद्ध गरेका हुन् ।

    चार वर्षअघि सुरु भएको उक्त सडकखण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । चार वर्षयता सडक अलपत्र हुँदा सास्ती खेप्नुपरेको भन्दै स्थानीयले तत्काल सडक बनाउन माग गरे । उनीहरुले ‘धुलो कहिलेसम्म ?’ चार लेन ठेक्का तत्काल ठेक्का रद्द गर, नयाँ प्रक्रिया गर’ लगायतको प्ले कार्डसहित सडक चक्काजाम गरेका हुन् ।

    सोक्रममा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक गिरी पनि करिब १५ मिनेट जाममा परे । उनले सडक जामकाबीच गाडी अगाडि बढाउन खोजेपछि विवाद भएको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका विशाल अधिकारी पनि सडक नबनको विरोधमा उत्रिएका थिए ।

    उनले लामो समयदेखि सडक नबन्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै सडक छिटो भन्दा छिटो बनाउनुपर्ने बताए । उनले समयमै सडक नबन्दा जीवनको मुल्य चुकाउनु परिरहेको बताए । ‘हरेक दिनजसो सडक दुर्घटना भइरहो छ’ उनले भने, ‘यो सडक होइन धराप हो ।’

    मंगलबार पनि चारलेन सडक बनाउन माग गर्दै तुलसीपुर–घोराही सडक खण्डको हात्तीखौवामा स्थानीयले सडक अवरुद्ध गरेका थिए । सडकमा अलपत्र हुँदा धुलोधुवाँ भएपछि स्थानीयले दुईघण्टा सडक अवरुद्ध गरेका थिए ।

    दाङको घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २५ किलोमिटर लामो सडक चार वर्षदेखि अलपत्र अलपत्र छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij