आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको सपथ आज

  • प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९



  • धनगढी। सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको सपथ लिँदैछन्।

    एक महिना अघि नेकपा एमालेवाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले बिहीबार बसेको प्रदेश सभा बैठकमा बिश्वासको मत प्राप्त गर्न नसके पछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बिहीबार नियुक्त भएका थिए।

    निबर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई बिहिबार मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गरेका थिए।

    संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदिय दलका नेता शाहले मुख्यमन्त्रीमा दावि पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन्।

    प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनीयताको सपथ कार्यक्रमका लागि तयारी पूरा गरेको जनाएको छ।
    सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन्।

    रेशम लाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफनो माग पूरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ तर सत्ता साझेदार उन्मुक्ति लगायतको राजनीतिक दलको समर्थनमा रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij