आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महोत्सवमा दुर्गेश र भूमिकाले तताए माहोल, दर्शक देखि आयोजक सम्म झुमे

  • प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९



  • बिनिता शर्मा,बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित राष्ट्रिय स्तरका गायक र गायिकाले बेजोड प्रस्तुतिका साथ माहोल तताएका छन । उनीहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिदैँ नचाएका हुन ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा बिहीबार गायक एवं मोडल दुर्गेश थापा र लोक गायिका भूमिका गिरीले दर्शक र आयोजकलाई समेत स्टेजमा नचाएका छन ।

    गायक थापाले आफ्ना बिभिन्न व्यापक चर्चा पाएका गीतहरु प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिदै नचाएका हुन । उनले कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा, रातो रातो खुर्सानी पिरो छ, घमण्डी ब्रो, तीज गीत बीच बीचमा १-२, हप्पी तिहार, डन आयो डन लगायतका गीत पस्किदै नचाएका हुन ।

    यस्तै, लोक गायिका भूमिका गिरीले टिकटकमा ब्यापक भाइरल गीत र आफुलाई देश, बिदेश सम्म चिनाएका गीतहरु प्रस्तुत गरेकी छन । उनलाई बिदेश सम्म चिनाएको तिउन बनाउने चुकैले बोलको गीत समेत प्रस्तुत गर्दै दर्शकले यती धेरै मन पराईदिएकोमा आभार समेत व्यक्त गरेकी थिइन । उनले आफु नेपालगञ्ज पाचौँ पटक आएको बताइन । उनले आफुलाई नेपालगञ्ज असाध्यै मन पर्ने ठाँउहरु मध्ये रहेको बताइन । उनले आफ्ना बिभिन्न लोक गीतहरु प्रस्तुत गरेकी थिइन ।

    उनीहरुको बेजोड प्रस्तुतिले दर्शकले आफुलाई नाच्नबाट रोक्न सकेका थिएनन् । उनीहरुको प्रस्तुतिले माहोल तातिए पछि आफुहरु थाकेपनि दर्शकको मन भने भरिएको थिएन । चारै तिरबाट वन्स मोरको आवाज गञ्जमान भएपछि दर्शकको भावनालाई कदर गर्दै भरपुर मनोरञ्जन दिएका थिए ।

    आज स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रहेको थियो भने कार्यक्रम उद्धोषक सञ्जय देवकोेटा र उद्धोषिका प्रेरणा गिरीले संचालन गरेका थिए ।

    यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । आज भएको सेमीफाइनल प्रतियोगितामा १८ जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन । अब भोलि शुक्रबार १८ जना बीच फाइनल राउण्डमा प्रतिस्पर्धा हुनेछ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहेको थियो ।

    यस बाहेक दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिनसक्ने छन ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्स अब दुई दिन मात्र बाँकी रहेको छ ।

    महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij