प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९
बिनिता शर्मा,दाङ ।दाङ जिल्लाको घोराही उपमहनगर पालिका वडा न. १७ चौघेरामा रहेको बौद्धीक साँस्क्र्तीक गुरुकुल स्कुलका बिद्यार्थीहरु सुत्ने छात्राबासको हल कोठामा बिधुत सट भएर आगलागी हुँदा लाखौँको क्षती भएको छ ।
घटना बारे जानकारी पाउँने बित्तीकै जि प्र का दाङ,प्रहरी चौकि चौघेरा र घोराही उपमहानगरको दमकल तत्काल पुगेर आगो नियन्त्रणमा आएको हो,समयमा उद्दार टोली पुगेर ठुलो क्षती हुनबाट जोगीएको छ ।
आगलागीबाट टिन काठ लत्ता कपडा भाँडा कुडा र अन्नपात जलेर नष्ट भएको र्कोठा पनि ध्वस्त भएको जि प्र का दाङले जनाएको छ । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij