आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सामान्य प्रशासन मन्त्रालयले भन्यो–कर्मचारीको पदस्थापन गर्दा अनिवार्य सहमति लिनू

  • प्रकाशित मिति : शनिबार, माघ २८, २०७९



  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीकाे पदस्थापन गर्दा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन परिपत्र गरेको छ

    मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णय अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका विभागीय प्रमुखको पदमा पदस्थापन गर्नुपर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन निर्देशन दिएको हो । यसअघिको उक्त व्यवस्था लागु नभएको भन्दै मन्त्रालयले अब भने मन्त्रालयको अनिवार्य अनुमति लिन निर्देशन दिएको छ ।

    यस्तै मन्त्रालयले कर्मचारीको तोकिएको न्यूनतम सेवा अवधि नपुगी सरुवा गर्नु परेमा पनि मन्त्रालयको सहमति लिन भनेको छ । स्वीकृत दरबन्दीको पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणी/तहको कर्मचारीलाई खटाइएको पाइएको भन्दै मन्त्रालयले परिपत्र जारी गरेको ७ दिनभित्र स्वीकृत दरबन्दी अनुसारको कर्मचारी खटाई मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको छ ।

    यस्तै सरुवा/कामकाजमा खटाइएको ठाउँमा नगएका कर्मचारीको विवरण पनि ७ दिनभित्र मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ ।

    s

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij