आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कालिगण्डकीका शिला केही अयोध्या पुगेर भगवान बन्दै, केही बगरमै अलपत्र

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १, २०७९



  • म्याग्दी । म्याग्दीको कालीगण्डकी नदीबाट लगिएको देव शिला भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान राम र सीताको मुख्य मूर्ति बनेर स्थापित हुँदै छ ।

    तर, सोही नदीका अन्य देव शिलाहरु नदी बगरमा नै अलपत्र परेका हुन् । अयोध्या लगिएको कालीगण्डकीको शिलालाई वैज्ञानिकहरूले ६ करोड वर्ष पुरानो हो भनेर प्रमाणित गरेका छन् । त्रेतायुगमा एक श्रापित स्त्री अहिल्या ढुंगा भएकी थिइन् र भगवान श्रीरामको स्पर्शमात्रले उनले पुनः आफ्नो स्वरूपलाई प्राप्त गरेकी थिइन् भन्ने धार्मिक मान्यता छ ।

    कालीगण्डकीको एउटा शिला करोडाैं वर्षको प्रतीक्षा पश्चात भगवान श्रीराम बन्न गइरहेको छ । तर त्यही कालीगण्डकी नदीमा रहेका त्यति नै महत्व भएका अन्य शिलाहरु बजार संरक्षण, नटबन्ध निर्माण लगायतका अन्य विकास निर्माणका बहानामा धमाधम फोडिदै गएकोमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

    बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्डमा काम गरिरहेको निर्माण ब्यवसायीहरूले कालिगण्डकी नदीमा एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुंगा निकालेका छन् ।
    हजारौं वर्षदेखि नदीमा जमेर बसिसकेको ढुंगालाई मेसिन (स्काभेटर) को प्रयोग गरी छियाछिया पारी, पर्खाल नाली र पहिरो रोकथाममा प्रयोग गरिरहेको छ ।

    गत माघ ८ गते बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी–गलेश्वर सडक स्तरोन्नतिको शिलान्यास गर्दा सडक निर्माणस्थलभित्र पर्ने कालिगण्डकी नदीका ढुंगाा निकाल्न र फोड्न नपाइने बताउनुभएको थियो । तर, सडक निर्माणको जिम्मा लिएको जय धन्नजय-मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले सम्झौता र मापदण्ड विपरित कालीगण्डकीका विशाल शिलाहरु निकालेर फोडेको र नदीको दोहन भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

    केही दिन अगाडि भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने भगवान राम र सीताको मूर्ति बनाउनका लागि निर्माणाधिन सडक खण्डबाटै दुई वटा शिला लगिएकाले शिला उत्खनन् आसपासका क्षेत्रमा समेत सचेत भएर काम गर्न मेयर केसीले अनुरोध गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij