आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जर्नेलले पोल खोलेपछी कर्णेलको फूली खोसी मेजरमा घटुवा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३, २०७९



  • बिनिता शर्मा,काठमाडौं । नेपाली सेनाको विशेष फोर्सका कमाण्डर भइसकेका एकजना सैनिक कर्णेलको फूली खोसिएको छ। प्रधानसेनापति प्रभुराम शर्माले ती कर्णेललाई हाल लगाएको फूली खोसेर एक तह घटुवा गर्ने निर्णय गरेका छन्।

    नेपाली सेनाका अनुसार, यसरी फूली खोसिने सैनिक अधिकृत लेफ्टिनेण्ट कर्णेल (प्रमुख सेनानी) हरि बोहोरा हुन्। उनी वि सं २०७४-२०७५ मा नेपाली सेनाको विशेष फौज मानिने भैरवनाथ गणका गणपतिसमेत थिए।

    छानविनमा रहेको जर्नेलले पोलेपछि बोहोराको फूली खोसिएको हो। बोहोरा लेफ्निेण्ट कर्णेलबाट घटुवा भई मेजर(सेनानी) मात्र भएका छन्।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बोहोरामाथि कोर्ट मार्शल गर्दै एक तह घटुवा गरिएको जानकारी दिए। ‘उहाँमाथि कोर्ट मार्शल गर्दै कारवाही गरिएको हो,’ सहायक रथी भण्डारीले जलजला खबरसँग भने, ‘उहाँको एक तह घटुवा गरिएको हो।’

    बोहोरा माथि सुदूरपश्चिमको कुनै गणको गणपति हुँदा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो। आर्थिक हिनामिना गरेको भन्दै ठेकेदारले उजुरी दिएका थिए।

    उक्त उजुरीमाथि छानविन गर्ने क्रममा तत्कालीन सुदूरपश्चिमका पृतनापछि हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल प्रेम शाहीले कर्णेल बोहोराको नाम लिएका थिए। उक्त उजुरीमाथि छानविन हुँदा कर्णेल बोहोरा दोषी पाइएपछि उनलाई एक तह घटुवा गरिएको हो।

    बोहोरा माथि सुदूरपश्चिमको कुनै गणको गणपति हुँदा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो। आर्थिक हिनामिना गरेको भन्दै ठेकेदारले उजुरी दिएका थिए।उक्त उजुरीमाथि छानविन गर्ने क्रममा तत्कालीन सुदूरपश्चिमका पृतनापछि हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल प्रेम शाहीले कर्णेल बोहोराको नाम लिएका थिए। उक्त उजुरीमाथि छानविन हुँदा कर्णेल बोहोरा दोषी पाइएपछि उनलाई एक तह घटुवा गरिएको हो।

    उनीमाथि भैरवनाथ गणको गणपति हुँदा सैनिक मुख्यालयले दिएको रकम दुरुपयोग गरेको आरोप लागेको छ। हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल शाहीले आफ्नो कार्यकालको हिसाव किताव देखाउने क्रममा कर्णेल बोहोरालाई पोलेका थिए।

    शाही सो समयमा नेपाली सेनाको शक्तिशाली मानिने बजेट विनियोजनको मुख्य जिम्मेवारीमा थिए।

    उनीमाथि छानविनका क्रममा अपुग रकमबारे गरिएको खोजतलासका क्रममा शाहीले कर्णेल बोहोरालाई सो रकम दिएको बताएका थिए। हिनामिनाको रकम झण्डै २० करोड बराबर रहेका सैनिक स्रोतको भनाइ छ।

    सो रकम विशेष फौज मानिने भैरबनाथ गणका लागि पठाइएको थियो। माओवादीको सशस्त्र विद्रोहको समयमा भैरबनाथ गण निकै चर्चित फौज थियो।

    माओवादीका हार्डकोर लडाकुहरुलाई पक्राउ गरी थुन्ने र यतना दिने ठाउँका रुपमा महाराजगञ्जस्थित गणको भवन लक्ष्मी निवास निकै विवादमा पनि परेको थियो।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij