प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५, २०७९
निलम ओली,काठमाडौँ । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन ५ गते सशस्त्र प्रहरीले करीब २ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको ।
भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij