प्रकाशित मिति : शनिबार, फाल्गुन ६, २०७९
बिनिता शर्मा,काठमाडौँ ।डोटी जिल्लाको केआई सिंह गाउँपालिका-१ लोलीमा सु.प.प्र.०१००१ च ३३२९ नम्बरको जिप आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपका चालक सोही गाउँपालिका-१
महादेबी बस्ने ३६ वर्षीय गोबिन्द शाहीसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनाको सुजङ अस्पताल राजपुर हुँदै थप उपचारको लागि शैलेश्वरि अस्पताल दिपायल रिफर गरिएको छ ।
काठमाडौं, काठमाडौं जिल्लाको महानगरपालिका-८ जयबागेश्वरीमा बा.४ ख ४४५८ नम्बरको
बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-३ बस्ने ८१ वर्षीया बिमला देबी
अर्यालको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी
अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
वर्दिया जिल्लाको बाँसगढी नगरपालिका-३ उत्तरभकारीमा म.१ ख ८२८ नम्बरको बसको
ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ मदाहा बस्ने २३ वर्षीया ममता सुनारको शुक्रबार
राति घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका-४ लंकु पुलस्थित सडकमा बा.प्र.०३-००१ च
१३६७ नम्बरको गाडीले बा.प्र.०३-००४ प ४४६७ नम्बरको मोटरसाइकललाई शुक्रबार
राति ठक्कर दिँदा मोटरसाइकल चालक बारा घर भई हाल चितवन भरतपुर
महानगरपालिका-४ बेलचोक डेरा गरी बस्ने ३४ वर्षीय प्रभाकर पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु
भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा जिल्लाको धोबिनी गाउँपालिका-४ पुल चोकमा लंगडीबाट हरिहरपुरतर्फ जाँदै गरेको
प्रदेश २ -०३-००६ प ५६५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति
दुर्घटना हुँदा चालक सखुवा प्रसौनी गाउँपालिका-६ घर भएका १४ वर्षीय दिपेश कुमार
यादवको घटनास्थलमै मृत्यु भएको छ ।
बारा जिल्लाको फेटा गाउँपालिका-३ स्थित सडकमा बा.२८ प ५२९७ नम्बरको मोटरसाइकल
आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी
४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-१ स्थित सडकमा को.२५ प ८८०९ नम्बरको
मोटरसाइकलको ठक्करबाट भारत अररीया अचरा बस्ने सुबोध मुखीयाको छोरी ७ वर्षीया
नैना कुमारी मुखीयाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी
उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-१६ सुख्खा बन्दरगाहमा युपि ४०० जेड
७८६९ नम्बरको ट्याक्टरबाट लडेर चालक भारत बहराईज बाबागंज घर भएका ४० वर्षीय
जय प्रकाश बर्माको शनिबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको
उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij