प्रकाशित मिति : शनिबार, फाल्गुन ६, २०७९
बिनिता शर्मा,काठमाडौँ ।तनहुँ, ब्यास नगरपालिका-७ धरमपानी बस्ने देब बहादुर घर्तीको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
भएको छ । साथै सोही ठाउँ बस्ने दिलमाया थापाको धन्सारमासमेत शुक्रबार दिउँसो
आगलागी हुँदा धन्सार, काठ, अन्नपात गरी करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर
नष्ट भएको छ ।
उदयपुर जिल्लाको कटारी नगरपालिका-३ गोलपार्कस्थित कमल प्रसाद साहको हिमगंगा
होटलमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा काठपात, टिभी, फ्रिज,
सिसिटिभीसमेतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
भोजपुर, षडानन्द नगरपालिका-४ साङराङ बस्ने मनी कुमार बस्नेतको घरमा
शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको
धनमाल नष्ट भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-३ खुर्सानीबारी बिकटोल बस्ने सुकमान
बिकको घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५
लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका-४ ज्यामिरे बस्ने रिता कार्कीको मडी तथा पशुपंक्षी
फर्ममा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा फर्म र ५० वटा कुखुरा पूर्णरुपमा
जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-१ सहीद चोकस्थित सिटी सप्लायर्स हार्डवेयर
र ग्लास पसलमा विद्युत सर्ट भई गएराति आगलागी भएको छ । आगलागीबाट भएको
क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij