आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ७, २०७९



  • बिनिता शर्मा,काठमाडौँ ।प्रहरीले बिभिन्न   जिल्लाका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ ।

    जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका-६ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम, नाईट्रोभेट ३४ ट्याब्लेट र नगद २० हजार ५ सय १० रुपैयाँसहित सोही नगरपालिका-२ भण्डारीवाडा बस्ने २८ वर्षीय तिलक भण्डारीसमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    स्याङजा जिल्लाको फेदीखोला गाउँपालिका-२ बौद्ध गुम्बास्थित सडकबाट नियन्त्रित लागूऔषध
    नाईट्राभेट ४० ट्याब्लेट, फेनारगन १ सय ८३ एम्पुल, डाईजेपाम १ सय ८६ एम्पुल र नुर्फिन १
    सय ८५ एम्पुलसहित धादिङ गजुरी गाउँपालिका-९ घर भएका २६ वर्षीय राजन बराईलीसमेत
    २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फेदिखोलाबाट खटिएको प्रहरीले वालिङबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १२२५ नम्बरको हाईस गाडीलाई जाँच गर्दा
    गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    भक्तपुर  जिल्लाको मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी आकाशे पुल नजिकबाट अवैध
    लागूऔषध गाँजा करिब १ सय ग्रामसहित काभ्रे धुलिखेल नगरपालिका-३ बस्ने १८ वर्षीय
    किशोरसमेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट
    खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

    झापा  जिल्लाको दमक नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाईजोपाम ४० एम्पुल,
    लुपिजेसिक ४० एम्पुल र फेनारगन ४० एम्पुलसहित सोही ठाउँ बस्ने ५० वर्षीया खुद्धी
    मुखियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको
    प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    कञ्चनपुर  जिल्लाको बेतकोट नगरपालिका-५ पोलखरी घर भई सोही ठाउँमा किराना पसल गरी
    बस्ने ६५ वर्षीय दल बहादुर बोहरालाई अवैध लागूऔषध चरेश ३ सय ९८ ग्रामसहित आइतबार
    दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
    कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ
    गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     

    प्रहरीले बिभिन्न   जिल्लाका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij