प्रकाशित मिति : आइतवार, फाल्गुन ७, २०७९
बिनिता शर्मा,काठमाडौँ ।देशका बिभिन्न स्थानका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा बा.४२ प ४४९५ नम्बरको स्कुटर आफै
अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही गाउँपालिका-४ नल्लु बस्ने १९
वर्षीय बिकास सापकोटा र स्कुटरमा सवार गोदावरी नगरपालिका-५ बस्ने ५५ वर्षीय रामहरी
घलानको मृत्यु भएको छ ।
दुर्घटनामा घलानको घटनास्थलमै र बिकाशको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका-११ जर्लाही पुलस्थित सडकमा ना.४ च ५२४३
नम्बरको पिकअप गाडीमा प्रदेश १-०७-००१ प ०२१० नम्बरको मोटरसाइकल ठक्कर खाई
शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ओखलढुङ्गा सिद्विचरण नगरपालिका-७ बस्ने
३३ वर्षीय मिङमार गोम्बा लामाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम) जिल्लाको , रामग्राम नगरपालिका-१६ बकेनवामा लु.२६ प ६९६२ र लु.२२
प २७३३ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा लु.२६
प ६९६२ नम्बरको मोटरसाइकलका चालक रामग्राम नगरपालिका-१५ घिनाहा बस्ने २४ वर्षीय
जयमंगल कहारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार र लु.२२ प २७३३ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरी जिल्लाको रामधुनी नगरपालिका-७ रानीपोखरीस्थित सडकमा को.२ त ५५८१ नम्बरको
ट्याक्टरबाट लडेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १६ वर्षीय कृष्ण चौधरीको शनिबार
राति मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको
क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij