आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आगलागीमा २ जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ७, २०७९



  • बिनिता शर्मा,काठमाडौँ । देशका बिभिन्न स्थानमा आगलागीमा २ जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    गुल्मी  जिल्लाको ईस्मा गाउँपालिका-१ मल्दी बस्ने ८४ वर्षीया पवित्रा खत्रीको आगलागीमा जलेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा खाना पकाउने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

    स्याङजा जिल्लाको फेदीखोला गाउँपालिका-१ नैखुस्थित बारीमा पात पतिङगर जलाउने क्रममा
    आगलागी हुँदा कास्की पोखरा महानगरपालिका-१७ बेलघारी बस्ने ३३ वर्षीय हरि नेपालीको
    शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका-१७ छोरेपाटन
    बस्ने देव प्रसाद सुवेदीको उक्त बारीमा सुन्तलाको बिरुवा रोप्नको लागि खाल्डो खनी पात
    पतिङगर जलाउने क्रममा हरिको उक्त आगोमा परी मृत्यु भएको हो ।

    जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका-६ बसपार्क बस्ने मेघराज न्यौपानेको घरमा ग्याँस लिक
    भई शनिबार दिउँसो आगलागी हुँदा घर आंशिक रुपमा जलेर क्षति भएको छ । आगलागीबाट
    भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

    प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै
    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij