आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राष्ट्रपति निर्वाचन : झनझन पेचिलो बन्दै

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १०, २०७९



  • काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप पेचिलो बन्दै गएको हो ।

    राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज (बुधबार १० फागुन) मतदाता नामावली प्रकाशन र १३ फागुन शनिबारका दिन उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, राष्ट्रपति कुन दलले पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

    निरन्तर छलफलमा रहेका शीर्ष नेताहरूको आ–आफ्नै रणनीति छ । दृश्य–अदृश्य रूपमा भइरहेका छलफलले नयाँ समीकरण बनाउने र भत्काउने खेलमा अहिले शीर्ष नेताहरू रणनीतिक रूपमा सक्रिय छन् । कुन दल र को राष्ट्रपति हुने भन्ने कुरा निश्चित हुन अझै केही समय लाग्ने छलफलमा जुटेका नेताहरूको धारणा छ ।

    संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सांसदले मात्रै मतदान गर्न पाउने सो निर्वाचनमा प्रमुख दल कांग्रेस र एमालेले आ–आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास भित्रभित्रै गरिरहेका छन् । राष्ट्रपति निर्वाचनमा मतदाता निश्चित रहेकाले दलीय समीकरण कस्तो बन्ने हो ? त्यसैबाट राष्ट्रपति को बन्छ ? भन्ने प्रस्ट हुनेछ ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij