प्रकाशित मिति : बिहिबार, फाल्गुन ११, २०७९
मकवानपुर । राक्सिराङ गाउँपालिका-५ दोबानस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो
देखिने वस्तु करिब ३ किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर
नखुलेको मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले झोला फाली फरार भएपछि जाँच गर्ने
क्रममा उक्त वस्तु फेला पारी प्रहरीले बरामद गरेको हो ।
हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij