शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

छुट्टाछुट्टै स्थानबाट अवैध लागू औषधसहित सात जना पक्राउ

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २०, २०७९



  • बिनिता शर्मा काठमाडौ। मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध चरेश जस्तो वस्तु करिब ८ केजीसहित थाहा नगरपालिका-७ महादेब खर्क बस्ने ३१ वर्षीय दिपक भन्ने
    राजकुमार स्याङतानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैसेबाट
    खटिएको प्रहरीले भैंसेस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा लुकाईछिपाई ल्याएको
    अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

    पर्सा जिल्लाको धोबिनी गाउँपालिका-१ आशवारीबाट अवैध लागूऔषध चरेश १० केजी ५
    सय ग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
    धोबिनी गाउँपालिका-४ लंगडी बस्ने ३८ वर्षीय संजय राउत कुर्मी र भारत बिहार पश्चिम
    चम्पारण बस्ने २३ वर्षीय अविनाश कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया र
    प्रहरी चौकी आशवारीबाट खटिएको प्रहरीले बीआर २२ एम ३५९७ नम्बरको
    मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की र सिटमुनि लुकाईछिपाई
    ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक अविनाशलाई पक्राउ
    गरी थप अनुसन्धानको क्रममा संजयको पनि संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत
    पक्राउ गरेको हो ।

    सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१३ आपगाँछीबाट अवैध लागूऔषध गाँजा ४१
    केजी ५० ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
    धरान उपमहानगरपालिका-१६ बस्ने ४० वर्षीय सुकेन्द्र लिम्वु र सोही
    उपमहानगरपालिका-१७ बस्ने धनकुटा पाख्रिवास नगरपालिका-९ घर भएका २८ वर्षीय
    नविन राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट
    धरानतर्फ जाँदै गरेको बा.१३ च २६८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा
    लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो
    ।

    झापा जिल्लाको भद्रपुर नगरपालिका-५ नयाँबजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो
    देखिने पदार्थ ३ ग्राम ६० मिलिग्रामसहित शिवसताक्षी नगरपालिका-९ बस्ने २८ वर्षीय
    मोहन शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट
    खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    उदयपुर जिल्लाको कटारी नगरपालिका-१ बेलसोत कालिखोलाबाट अवैध लागूऔषध गाँजा
    करिब २२ केजीसहित सिराहा मिर्चैया नगरपालिका-४ बस्ने २२ वर्षीय ललित सिंहलाई
    शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषध ओसार पसार भइरहेको
    भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेलसोतबाट खटिएको प्रहरीले प्रदेश २-०१-
    ००१ प १५२६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी
    उनलाई पक्राउ गरेको हो ।

    त्यसैगरि धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका-८ सिंखुलाबाट अवैध लागूऔषध गाँजा करिब १
    सय ६ केजी गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट
    खटिएको प्रहरीलाई देख्नासाथ को.१ ज १८११ नम्बरको पिकअप चालकले गाडी छोडी
    फरार भएपश्चात गाडी जाँच गर्ने क्रममा पिकअपमा लोड गरी राखेको ४ वटा बोराभित्र
    रहेको उक्त गाँजा प्रहरीले फेला पारी बरामद गरेको हो । हाल फरार पिकअप चालकको
    खोजी भइरहेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij