शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

माडीमा नमुना युवा संसद अभ्यास कार्यक्रम सञ्चालन हुँदै

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २१, २०७९



  • चितवन । माडी नगरपालिकामा गठित वडास्तरीय युवा सञ्जालहरुको भेलाबाट नगरस्तरीय युवा सञ्जाल गठन भएको छ ।

    माडीमा सञ्चालन हुन लागेको नमुना युवा सांसद अभ्यास कार्यक्रममा सहभागिता समेत हुनेगरी २३ सदस्यीय नगरस्तरीय युवा सञ्जाल गठन भएको हो । त्यस्तै नमुना युवा संसद अभ्यास कार्यक्रममा सहभागिताका लागि ३३ जना नमुना युवा सांसदहरुको समेत चयन भएको छ । छनौट भएका युवा नमुना संसदहरुलाई फाल्गुन २२ र २३ गते प्रशिक्षण भई २४ गते प्रस्तुतिकरण हुने कार्यतालिका रहेको छ ।

    कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले युवाहरु खेलकुदमा मात्रै नभई सिर्जनात्मक कार्य र नेतृत्व विकासमा समेत लाग्नुपर्ने तथा नमुना युवा सांसद अभ्यासले भोलिको नेतृत्व एवं नीति निर्माताहरु तयार गर्ने विश्वास लिएको बताउनुभयो ।

    माडी भिलेज रिसोर्टको सभाहलमा सञ्चालन भएको सो कार्यक्रममा राष्ट्रिय युवा परिषद्का सदस्य सचिव एवं प्रशासकीय प्रमुख रमाकान्त शर्माले विशेष प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रम स्वदेश मिडिया क्लबका अध्यक्ष देव नारायण शाहको अध्यक्षतामा नवयुवाहरुको उल्लेख्य सहभागिताबिच सम्पन्न भएको हो ।

    राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुर, जिल्ला युवा समिति चितवन र माडी नगरपालिकाको सहयोगमा स्वदेश मिडिया क्लबले नमुना युवा संसद अभ्यास कार्यक्रमको आयोजना एवं व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij